पंसट्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार पाकिस्तानको राजधानी इस्लामावादस्थित नेपाली दूतावासमा आयोजित समारोहमा पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले प्रजातन्त्रमा नै मुलुक विकासको पथमा अग्रसर हुने बताउनुभयो । समारोहमा इस्लामावादस्थित विभिन्न अन्तर्राष्ट्रिय संस्थामा कार्यरत नेपाली त्यहाँ अध्ययनरत विद्यार्थी तथा दूतावासका कर्मचारीको उपस्थिति रहेको इस्लामावादस्थित नेपाली दूतावासले जनाएको छ ।
इस्लामावादमा प्रजातन्त्र दिवस






