ब्राजिलको नाइट क्लबमा अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको मृत्यु

ब्राजिल। ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्रो डो गागा क्लबमा तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् ।

मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।