वर्क भिषामा पोल्याण्ड आएका तिन नेपाली एयरपोर्टबाटै पक्राऊ

पोल्याण । नेपालका तीन नागरिकहरूलाई कटौइस-पिजरोजिसमा एयरपोर्टमा बोर्डर पुलिस अधिकारीहरूले पक्राउ गरेका छन् ।अघिल्लो साता पक्राउ परेका नेपालीहरुसंग पोल्याण्डमा काम गर्ने भिसा ( वर्क परमिट ) सहितको पासपोर्ट भएतापनि उनीहरु युरोपको दक्षिण भुभागमा रोजगारी खोज्न चाहेको प्रमाणको आधारमा पक्राउ गरिएको बुझिएता पनि उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन।

युरोप आउनको लागि ति तीनजना नेपाली नागरिकहरुसंग पोल्याण्डको एक कम्पनीको लागि कार्य अनुमति ( वर्क परमिट ) थियो । सीमा गार्ड अफिसरहरूले सम्बन्धित कम्पनीको मालिकसँग सम्पर्क गर्दा ति नेपालीहरूले आफ्नो जागिर त्यागेर यूरोपको दक्षिणमा पर्ने स्पेन र पोर्चुगलमा रोजगारी लिन उनीहरूको इच्छा व्यक्त गरेको खुलासा गरे । प्रहरी अधिकारीले भने ” ति नेपाली नागरिकहरुसंग लिस्बनका लागि हवाई टिकट समेत भेटिनुले उनीहरु किन युरोप आएका थिए भन्ने कुराको पुष्टी गर्दथ्यो, पोल्याण्डको वर्क भिषा त केवल एक बाहना मात्रै थियो । ”

विदेशमा आप्रवासीहरुले अध्यागमनको प्रावधानहरूको उल्लङ्घनको गरेकोले ( भिषामा उल्लेख भएको शर्तहरु पालन गर्नुपर्ने ) क्याटोसिस-पिर्जोजिस सिमा सुरक्षा कमाण्डरले ति तिनै जना नेपलिहरुमाथि प्रशासनिक र कानुनी कार्यवाही शुरु गरेको खबर छ, जस अन्तरगत ति तिनै जना नेपालीहरुलाई भिषाको शर्तहरु उल्लघन गरेको अभियोगमा छिट्टै नेपाल फर्काउने निर्णय निर्णय गरिएको बुझिएको छ ।

voiceofnepal