संंखुवासभा। संखुवासभाको मकालु गाउँपालिकास्थित पाथीभराको समाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, स्थानीय एमाले नेता सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका अधिकृत सुवास कुईंकेल, पुनर्निर्माण कार्यालयका प्राविधिक दुई जना र चालकसमेत छन् ।
मकालु गाउपालीका वाड्नं. ३ स्थित समाटारको घुम्तिमा दुर्घटना भएको उक्त जिप ५ सय मिटर तल अरुण नदीको बगरमा खसेको स्थानियवासीले बताएका छन ।






