मन्त्रिपरिषद बैठकमा हंगामा

काठमाडौं- मन्त्रिपरिषदको बैठकमा सचिवले असहयोग गरेको भन्दै शहरी विकासमन्त्री दिलनाथ गिरीले आफ्नो मन्त्रालयको सचिव परिवर्तन गर्ने प्रस्ताव गरेपछि मन्त्रिपरिषदको बैठकमा हंगामा भएको छ ।

मन्त्रिपरिषदको बैठकमा मन्त्री गिरीले शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आफूलाई पूरै असहयोग गरेको भन्दै असन्तुष्टिसहित सचिव परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेपछि उपप्रधान एवं उर्जामन्त्री कमल थापाले आपत्ति जनाएका थिए ।

मन्त्रि गिरीले अडानका साथ सचिवले जनताको काम गर्नुको सट्टा होटलहोटलमा ठेकेदारसँग मिलेर ठेक्कापट्टा मिलाउन लागेको भन्दै थप आक्रोशित भएपछि दुई मन्त्रीबीचको बिबादले उग्र रुप लिएको एक मन्त्रीले बताए ।