एउटा गल्ती पनि माफ गर्दैन् किम, गल्तीपछि तुरुन्तै दिइन्छ मृत्युदण्ड

परमाणु तथा मिसाइल परीक्षणका कारण विवादमा आएका उत्तर कोरियामा तानाशाही किम जोङ उनका केही भित्री कुरा धेरैलाई थाहाँ नहुन सक्छ। हालै मिसाइल परीक्षणमा ढिलाई हुँदा तानाशाही किमले आफ्ना अधिकारीलाई मृत्युको सजाय दिएको समाचार छ। जसमा एक अधिकारीले न्यूक्यिर बेसमा भएको दुर्घटनाको जिम्मेवारी लिएका थिए।

समाचारमा बताइएको छ की पर्क इन यङ नाम गरेका ती अधिकारी अहिलेसम्म गाएब छन्। उनी उत्तर कोरियाको सत्तारुढ पार्टी सेन्ट्रोल कमिटीका डिविजन अर्थात ब्यूरो १३१ का प्रमुख थिए। यस कमिटीमाथि उत्तर कोरियाको सैन्य संस्थान, न्यूक्लियर साइट र स्याटलाइट लञ्च स्टेशनको निगरानी गर्ने जिम्मेवारी रहेको थियो।

पाँच दिन पहिले तानाशाही किमले जनरल ह्याङ प्योङ सोको हत्या गरेका थिए। उनी उत्तर कोरियाका तानाशाही किम जोङ भन्दा दोस्रा शक्तिशाली व्यक्ति मानिन्थे। किमले पाँच वर्षको सत्ताका लागि ३४० जनाको हत्या गरेको एक रिर्पोटमा उल्लेख छ। हत्या हुनेमा सबै भन्दा बढी उच्च अधिकारी रहेका छन्। यसअघि पनि किम जोङले आफ्ना अंकल आफूभन्दा माथि पुगेको भान परेपछि २०१३ मा आफ्नै अंकलको हत्या गरेको खबर बाहिरीएको थियो। किमले अंकल जेङ सोङको हत्याका लागि १२० वटा कुकुर प्रयोग गरेका थिए। किमले आफ्नै बाबुलाई पनि विष दिएर हत्या गरेको बताइन्छ। त्यसबाहेक उनले आफ्नै प्रेमिकासहित एक म्युजिकल समुहको पनि गोली हानी हत्या गरेका थिए। एजेन्सी