काठमाडौं- प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत गणनाको परिणाम अनुसार नेकपा एमालेलाई पाछ्याउँदै नेपाली कांग्रेस दास्रो स्थानमा आएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले भने तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै संघीय समाजवादी फोरम नेपाल चौथो स्थानमा छ भने राजपा नेपाल पाँचौ र राप्रपा छैठौं स्थानमा रहेको छ । विवेकशील साझा पार्टी सातौं स्थानमा छ भने नयाँ शक्तिपार्टी विवेकशील भन्दा पनि पछाडि छ, अर्थात आठौं स्थानमा छ ।






