नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदमा फराकिलो मतान्तरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी वाम गठवन्धनका माओवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ६ सय ८६ मतअन्तरमा पराजित गरेका छन । देउवाले २८ हजार ४४ मत प्राप्त गरेको छन् । उनका निकटतम प्रतिद्वन्द्वी भट्टले २१ हजार ४४ मत प्राप्त गरेका छन् ।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट विजयी






