डडेल्धुरा- डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका पठानसिंह बोहरा २१६९ मतले विजयी भएका छन् ।
बोहराले १३ हजार ५ सय ६६ प्राप्त गर्दै जित निकालेका हुन् । उनीसँग पराजित कांग्रेसका रघुवर भट्टले ११ हजार ३ सय ९४ मत पाएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






