म जित्नैको लागि चितवन आएको होइनः प्रचण्ड

चितवन– माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार प्रचण्डले आफू जित्नैको लागिमात्र चितवन नआएको बताएका छन् ।

उनले चितवनको समग्र बिकासका लागी आफ्नो उमेद्वारी रहेको बताउँदै भने, ‘चितवनलार्इ तिब्र बिकासको आवश्यकता छ । बिकास र सम्बृद्दी मार्फत चितवनलाइ देशकै नमुना जिल्ला बनाउनु चाहिँ मेरो उम्मेदवारी हो ।’

संयुक्त बाम गठबन्धन क्षेत्र नम्बर ३ चितवन द्वारा आइतवार मंगलपुरमा आयोजित चुनावी सभालार्इ सम्बोधन गर्दै प्रचण्डले बामपन्थीहरूको स्थिर सरकारले मात्र देसको मुहारमा कायापलट ल्याउन सकिने दाबी गरे ।

बामपन्थीहरूको एकता रास्ट्रको एकता भएको बताउँदै अध्यक्ष प्रचन्डले काग्रेसलार्इ पनि बृहद प्रजातान्त्रिक एकता कायमगरी आगाडी बढ्न सुझाब दिए ।