म्याग्दीको बेनी नगरपालिका- ३ गौश्वारामा निर्माण भएको ध्यान आश्रम केन्द्रका लागि जग्गा उपलब्ध गराउनेलाई हिजो यहाँ आयोजित कार्यक्रममा सम्मान गरियो । अनन्त विभूषित मुक्तिनाथ बाबा कमलनयनाचार्यले दाताहरु रुद्रलाल शर्मा, तुल्सी शर्मा, टीकाबहादुर रिजाल, महेन्द्र रिजाल, रामचन्द्र शर्मा, लालबहादुर रिजाल, टीकाराम शर्मा र रुद्रलाल शर्मा रिजाललाई आर्शिवचनसहित दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
रु तीन लाख ५० हजारको लगानीमा निर्माण भएको सो केन्द्रको उद्घाटन गर्दै स्वामी कमलनयनाचार्यले ध्यान र तपले व्यक्तिको आत्म शुद्धी गर्नुका साथै चरित्र निर्माणमा सहयोग पु¥याउने बताउनुभयो ।
सोही अवसरमा स्वामी कमलनयनाचार्यले गौश्वारामा भव्य गौशाला निर्माण गर्नुका साथै सो स्थानलाई पर्यटन केन्द्रको रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो । केन्द्र निर्माणका लागि बेनी नगरपालिकाका गौश्वारा, विमिराबोट, तमाने, भकिम्ली– ९ तोराखेत र बागलुङको झाँप्राखर्कका बासिन्दाले श्रमदानसमेत गरेका स्थानीय शिक्षक बद्री शर्माले बताउनुभयो ।
जग्गा उपलब्ध गराउनेलाई सम्मान






