उदाउदै छ “साहित्य संध्या”

मिति २०७३ वैशाख २० गते सोमवारका दिन देखि युरोपियन मुलुक डेनमार्कको स्कन्दरबोर्ग सहरबाट “साहित्य संध्या ”आफ्नो यात्रा तय गर्दै साहित्यिक क्षेत्रमा निरन्तरता दिदै तमाम सर्जक मार्फत आफ्ना अमुल्यवान श्रृजनाहरु द्वारा सु-सज्जित हुदै र तमाम साहित्यानुरागीको माया ममता पाउदै “साहित्य संध्याले”अपार सफलता पाउन सफल भएको छ ।

सर्जकको मन जित्दै उहाँहरुको रचनालाई विश्व व्यापी बनाउदै सर्जकहरूलाई चिनाउने हेतुले दैनिक रूपमा रात्रीकालिन बसाइमा नेपाली समयानुसार (८-९)”तपाईको शृजना वाचन” कार्यक्रम संचालन गर्दै आएको छ ।यस कार्यक्रमलाई राज बाबु श्रेष्ठले

निरन्तरता दिदै आउनु भएको छ भक्तपुर ठिमी देखि त्यसै गरि ईण्डीया मुम्बैबाट “साहित्य संध्या डबली ”कार्यक्रम दल चिराल आमुल ज्युबाट सोमवार संचालन भैरहेको जानकारी प्राप्त गरिरहेका छौ।

सर्जकका रचनालाई विभिन्न ठॉंउबाट र फरक फरक प्रस्तोताबाट विश्व भर फैलाउने हेतुले हालै प्रदेशी भुमी ईजरायलबाट “मनीषा प्रसाई” द्वारा हरेक मंगलवार संचालन हुन गैरहेको जानकारी हामीलाई प्राप्त भैरहेको छ। यसै गरि हप्ताकै सातै दिन विभिन्न खाले कार्यक्रम प्रस्तुत गर्ने र श्रोताको मन अझ जित्ने पहल भैरहेको छ कविता विधा अन्तरगत छन्द कविता बाचन कार्यक्रम लियर आउदै गरेको जानकारी पनि प्राप्त भएको छ। सर्जकका शृजनालाई एकत्रित गरेर कोकिल कण्ठ सुमधुर आवाजकी धनी “नविना खड्का “द्वारा लय बद्ध गरि आफ्नै “यु टुब”मा पनि राख्दै आएको पनि पाइएको छ।

“साहित्य संध्यामा “ जति पनि जोडिनुहुने सर्जक र हजुरहरूको शृजनाको संकलन गरि “यु टुबमा” राखि सम्मान गर्ने एक पृथक कार्यक्रम रहेकोछ । “साहित्य संध्या”लाई यस्तै अपार फलता मिल्दै जावस र प्रगतिको खुडकिलो चड्दै सगरमाथाको सिखर चुमोस यसको प्रगति संगै समाजमा लुकेर रहनु भएको सर्जकको सफलता पनि जोडियोस।

“साहित्य संध्याले”छिट्टै नै बैधानिकतामा बाधिन कार्य समितीको चयन गर्दै कानुनी प्रक्रिया अनुसार संस्था दर्ताको प्रक्रिया अघिबडाउने पनि जानकारी हुन आएको छ ।आगामी दिनमा यस्ता थुप्रै प्रगतिका समाचार लेख्न पाईयोस “साहित्य संध्याको” बारेमा र उत्तर उत्तर प्रगतिको कामना गर्दछ लण्डन नेपाल न्युज डट कम