- शिव भण्डारी
लन्डन– फ्रेन्चाइज रियालिटी शो ‘नेपाल आइडल’का उत्कृष्ट गायक गायिकाहरु बेलायत आउने भएका छन् । पहिलो नेपाल आइडज उपाधि विजेता बुद्ध लामासहित निशान भट्टराई, प्रताप दाश र प्रमिला राई बेलायत आउने कार्यक्रम तय भएको छ ।
नोभेम्बर पहिलो साताबाट बेलायतका विभिन्न ५ शहरमा हुने लाइभ कन्सर्टमा आफ्नो कला देखाउन आउने कलाकारहरुको भिसा लागिसकेको सोमबार साँझ लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित एक पत्रकार सम्मेलनमा आयोजकहरुले जानकारी दिए । चारैजना युवा गायक गायिका अक्टोबर ३० मा लन्डन उत्रिनेछन् ।
पहिलो शो आगामी नोभेम्बर ३ मा अल्डरसटस्थित एम्पायर हलमा हुने आयोजकमध्येका एक मनकामना रेमिटका प्रवन्ध निर्देशक राजाराम गिरीले लन्डन नेपाल न्यूजलाई जानकारी दिए । त्यसैगरि, नोभेम्बर ४ मा फोकस्टन केन्टस्थित हकिन्ज कम्युनिटी सेन्टर, ५ नोभेम्बरमा हयारो लिजर सेन्टर, ११ नोभेम्बरमा रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्स र अन्तिम शो १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा हुने गिरीले जनाए । मनकामना रेमिट, पोखरा ट्राभल र मुनटाज इन्टरनेशनलले बेलायतमा नेपाल आइडल ल्याउन लागेका हुन् ।
वीकडेज शो साँझ ६।३० र वीकेन्ड शो साँझ ५ बजे हुनेछ भने टिकट ढोकामा खरिद गरे २५ पाउण्ड र एडभान्स बुकिङमा २० पाउण्ड हुने जनाइएको छ । दश वर्ष मुनीका बालबालिकालाई निशुल्क प्रवेश र १० देखि १५ वर्षभित्रकालाई टिकट शुल्क १५ पाउण्ड लाग्ने आयोजकले बताएका छन् ।
गिरीले नेपाल आइडलकै सरहको गुणस्तरिय शो बेलायतमा पनि गरिने जनाए ।
पत्रकार सम्मेलनमा नेपाल आइडल लाइभ इन यूकेका सह आयोजकहरु उमेशराज मोक्तान, सपनकुमार राई र दीपक थापाले कार्यक्रमको गुणस्तरीयतामा कुनै कसर बाँकी नराखिने बताए । कार्यक्रममा भीआईपीका लागि अलग्गै सिट प्लान गरिएको छ ।
कुनै पनि कार्यक्रममा प्रमुख अतिथि नराखिने तथा खादा, मालाको स्वागत र मन्तव्यको कार्यक्रम पनि नरहने आयोजकले जनाएको छ । आयोजकले कार्यक्रममा उत्साहजनक सहभागिताका लागि बेलायतबासी नेपालीलाई अपिल गरेको छ ।
पत्रकार सम्मेलनमा—






