काठमाडौं– गत वर्ष सप्तरीको तिलाठीमा नेपाली सीमाको रक्षार्थ भारतीयसँग लड्ने नेतृत्व गरेर चर्चामा अाएका देवनारायण यादव एमालेमा प्रवेश गरेका छन् ।
उनी एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत एमालेमा प्रवेश गरेका हुन् ।
उनी एमाले प्रवेशकै लागि सप्तरीबाट काठमाडौं अाएका थिए ।
यसैबीच मेघराज नेपाली नेतृत्वको मधेस समता पार्टी पनि आज एमालेमा एकीकृत भएको छ ।






