लन्डन । गैर आवासीय नेपाली संघको आगामी अक्टोबरमा काठमाडौंमा हुने आठौ अन्तराष्ट्रीय सम्मेलनका लागि गंगाधर गौतमले यूरोप संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
राष्ट्रीय समन्वय परिषद बेल्जियमको निबर्तमान अध्यक्ष गौतमले बेल्जियमको लुभेन शहरमा आयोजित नव निर्बाचित कार्यसमितिलाई बर -बुझारथ हस्तान्तरण कार्यक्रममा सो घोषणा गरेका हुन् ।
निबर्तमान अध्यक्ष गौतमले गैर आवासीय नेपाली अभियानको लामो अनुभवको आधारमा संयोजक पदको उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
यूरोपभरका सबै एनसीसीहरुको साझा चौतारीका रुपमा यूरोप क्षेत्रलाई स्थापित गर्ने र नेपाली समाजलाई एकत्र बनाउने उदेश्य लिएका गौतमले गत कार्यकालमा सामाजिक एकतामा उल्लेख्य र उदाहरणीय काम गरेर बेल्जियममा त्यसको उदाहरण पेश गरीसकेका छन । सामाजिक असन्तुष्टी र बिबादरहित उनको कार्यकालले त्यसलाई थप पुष्टी गरेको छ ।
गैर आबासीय नेपाली संघको जन्मथलो यूरोप नै भएको कारण युरोपभरका सबै राष्ट्रीय समन्वय परिषदहरूको साझा कार्यक्रम तयगरी स्थापनाकाल देखि बर्तमान सम्मका नेतृत्वले स्थापित गरेका असल कार्यहरूलाई निरन्तरता दिदै २७ भन्दा बढी यूरोपियन मुलुकहरूलाई समेटेर यूरोपियन समन्वय समितिको ढाचामा लैजान प्रयत्न गर्नेछु ” निबर्तमान अध्यक्ष गौतमले भने ।
“अन्तराष्ट्रीय समन्वय परिषदले प्रारम्भ गरेका कार्यहरू सामुहिक लगानी ,एनआरएन भवन , लाप्राक बस्ती – एक हजार नमुना घर , भिजन २०-२० लगायतअपूर्ण कार्यहरूलाई सस्थागत , ब्यबस्थित र पारदर्शी ढंगले सम्पन्न गरी मूर्तरूप दिन अथक प्रयत्न जारी राख्ने प्रतिबद्धता राखे ।
” एनआरएनको केन्द्रीय तह र सरचनामा देखिएका र हुने गरेका यावत बिबादित सवालहरूलाई स्थायी रूपमा समाधानको निम्ति बिशेष सयन्त्र निर्माण गर्न विश्व सम्मेलनबाटै केन्द्रीय अनुशासन समिति तयार गरी सस्थालाई सबल ,सक्षम र अनुशासित बनाउन जोडदार लागीपर्ने पनि उनले उल्लेख गरे । ”
गैर आबासीय नेपाली संघको कतिपय एजेन्डा बर्तमानमा विरोधाभासपूर्ण रहेको छ किन कि मुलुकमा राजनैतिक स्थायीत्व नभएको परिबेशमा कतिपय कुरा चाहेर पनि पूर्ण हुने अबस्था छैन । “निबर्तमान अध्यक्ष गौतम भन्छन “एनआरएनको नेपाल सरकार संग प्रत्यक्ष साझेदारी सम्भब भए मात्र राष्ट्रको सम्बृद्धी-बिकासमा टेवा दिन सकिन्छ ।त्यसको सम्भाबना क्षीण रहेसम्म केही गर्न सक्ने अबस्ठा छैन तसर्थ त्यसका निम्ति पनि प्रत्यक्ष कामगर्न सक्ने क्षमता राख्ने दावी मेरो व्यक्तिगत तर्फबाट गर्ने पर्छ।”
गैरआवासीय नेपाली संघ बेल्जियमको उपाध्यक्ष पद २००८ को कार्यकालमै कुशलतापूर्वका सम्हाली सकेका निबर्तमान अध्यक्ष गौतम पटक-पटक सल्लाहकारको भूमिका निर्बाह गरीसकेका छन ।
प्रजातान्त्रिक आस्था बोकेका निबर्तमान अध्यक्ष गौतम नेपाल विद्यार्थी संघ बाग्लुङको अध्यक्ष हुदै राजनीतिमा सकृय रहेका थिए ।
दुई कार्यकाल बाग्लुङ महेन्द्र बहुमुखी क्याम्पसका सभापति, स्ववियु फोरम केन्द्रीय सदस्य हुदै जनसम्पर्क समिति बेल्जियमको महामन्त्री समेत भैसकेका छन । ५ बर्ष जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष बनेका गौतम सन् २००६ देखि हालसम्म जनसम्पर्क समन्वय समिति युरोपको महामन्त्री रहेका छन् भने विभिन्न सामाजिक सस्ठाहरूमा आबद्द र क्रियाशील रहेका छन् । यूरोपभरी नै बिशिष्ट पहिचान स्थापित गर्न सफल उनि यूरोपभर लोकप्रीय समाजसेवीको रूपमा स्थापित छन्






