लन्डन– आगामी अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष एबं सामाजिक अभियन्ता गणेश केसीले सचिवमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
केसीले प्रेस विज्ञप्ती जारी गर्दै आगामी कार्यकालका लागि सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । गैरआवासीय नेपाली संघमा आफ्नो एकदशक लामो संलग्नता रहेको भन्दै उनले संसार भरि छरिएर बसेका नेपालीहरुलाई एक सुत्रमा बाँध्ने, संस्थालाई चुस्त बनाउनेलगायतका प्रतिबद्धता गरेका छन् ।
एनआरएनए अभियानलाई गतिशील र प्रभाकारी बनाउन आफूले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै उनले अन्तराष्ट्रिय समन्वय परिषदको सचिव पद दाबी गरेका छन् । ‘मेरै कार्यकाल मा एनआरएन अस्ट्रेलिया विश्वव्यापी एनआरएन अभियानको अग्रणी बनेको थियो,’ उनले भने, ‘मैले मेरो यस उम्मेदवारी पद पाउन को लागि दिएको होइन, आफ्नो सिप तथा कौसल अनुसार संस्था को लागी केहि योगदान गर्न दिएको हुँ ।’ उनले सम्पूर्ण गैरआवासीय नेपालीहरुबाट सहयोगको अपेक्षा समेत राखेका छन् ।
को हुन् केसी ?
२०११–१३ का लागि एनआरएनए अस्ट्रेलियाको अध्यक्ष भएका केसी अस्ट्रेलियामा संकलन गरिएको कल्याणकारी कोषका संस्थापक हुन् । ओसियाना एनआरएनए भवनको संस्थापक रहेका उनले कोषमा एक करोड संकलन गरेका थिए । एनआरएनए अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता जनाउँदै केसीले आफ्नो दायित्व इमान्दारितासाथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।






