लन्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा योगकुमार फगामी निर्वाचित भएका छन् ।
शनिबार रातभरको मतगणनामा प्रतिद्वन्द्वी कृष्ण तिमल्सिना र हिराधन राईलाई पराजित गर्दै फगामी निर्वाचित भएका हुन् । फगामीले १२९८ मत प्राप्त गरे भने तिमल्सिनाले ९१२ र हिराधन राईले ५६० मत ल्याए ।
उपाध्यक्षमा डा. प्रेम बहादुर आले, प्रेम गाहामगर, पुनम गुरुङ, ललितकुमार न्यौपाने, शेरबहादुर सुनार र सुशीला राई निर्वाचित भएका छन् । महासचिवमा राजकुमार त्रिपाठी र उपमहासचिवमा विनय अधिकारी, सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल ‘गाउँले’ र सुरज मास्के, कोषाध्यक्षमा सचिन श्रेष्ठ, सह-कोषाध्यक्षमा गजेन्द्र गुरुङ निर्वाचित भएका छन् । युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भए ।
सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेविन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मनिष खड्का, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भए ।
आईसीसी सदस्यहरुमा कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुँवर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
शनिबार लन्डनस्थित हयारो, प्लमस्टिड, अल्डरसट एवं लेस्टर गरि चार स्थानमा केन्द्र स्थापना गरेर मतदान भएको थियो ।
निर्वाचन समितिका अनुसार, हयारो बुथमा ५२३ (७७ प्रतिशत), प्लमस्टिडमा ४८८ (७२ प्रतिशत), अल्डरसटमा १३८२ (८० प्रतिशत) र लेस्टरमा ४८९ (८० प्रतिशत) मत खसेको थियो ।
अल्डरसट बुथका लागि १७२६, लेस्टर ६०६, हयारो ६७३ र प्लमस्टिडमा ६७१ मतदाता थिए ।
कसले कति मत ल्याए ?
अध्यक्ष –
कृष्णप्रसाद तिमल्सेना 912
हिराधन राई 560
योग कुमार फगामी 1298
उपाध्यक्ष –
दयानिधी सापकोटा 957
दीपककुमार श्रेष्ठ 862
डा. दिलिप कुमार यादव 365
डा. प्रेम बहादुर आले-1268
प्रेम गाहा मगर 1049
पुनम गुरुङ 1611
भोलानाथ खनाल 433
राष्ट्र राई 988
ललित कुमार न्यौपाने 1108
शेर बहादुर सुनार 1433
शुसिला राई 1209
महासचिव
खुशी लिम्बु 682
फडिन्द्र भट्टराई 827
राज कुमार त्रिपाठी 1040
उपमहासचिव
कृष्ण तिवारी 1022
विनय अधिकारी 1059
सचिव –
तारानाथ भण्डारी 1451
नारायण पौडेल ‘गाउँले’ 1366
सुरज मास्के 1188
सुनिल बाबु खड्का 988
कोषाध्यक्ष –
महेश गिरी 670
शालिकराम सापकोटा 608
सचिन श्रेष्ठ 779
सहकोषाध्यक्ष
गजेन्द्र गुरुङ 1265
सुरज पौडेल 801
युवा संयोजक
कुमार थापा 987
विरेन्द्र श्रेष्ठ 625
राजन खकुरेल-896
लाल बहादुर गुरुङ 1305
सदस्यहरु
अर्कराज तिमल्सिना 1183
कमल कँडेल 764
कुलेश्वर (कृष्ण) ढकाल-870
गंगा बहादुर राना-1178
डेबिन्द्र थापा-1099
तिलकराज भट्टराई 713
पवन शर्मा 990
पवन राई 1024
पर्शुराम पाण्डे 415
बिमला लिम्बु 1124
बिष्णु प्रसाद खरेल 567
मनिष खड्का 812
मुकेश राना 1050
होमनाथ पौडेल 988
आइसीसी सदस्य
शान्ति थापा 1807
देवराज आचार्य (चिरन) 768
अर्जुन कटुवाल 736
कुमारी गुरुङ 1161
जय प्रकाश गुरुङ 1241






