- शिव भण्डारी/एभरेष्ट गौतम
लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन जारी छ ।
बेलायतका चारवटा बुथमा शनिबार बिहान ८ बजेदेखि मतदान भइरहेको छ । निर्वाचन समितिका सचिव रामशरण सिंखडाका अनुसार चारवटै बुथमा मतदताहरुले उत्साहजकरुपमा उपस्थिति जनाएर मतदान गरिरहेका छन् ।
लन्डनका हयारो र प्लमस्टिड, अल्डरसट र लेस्टर केन्द्रमा मतदान भइरहेको छ । सिंखडाले कतिपय केन्द्रमा ६० प्रतिशतभन्दा बढी मतदान भएको जानकारी दिए ।
लन्डन नेपाल न्यूज डट कमले विभिन्न मतदान केन्द्रबाट बिहानैदेखि प्रत्यक्ष प्रशारण गरिरहेको छ ।
हयारो बुथमा केही व्यक्तिले आफ्ना नातेदारको मत हाल्न खोजेपछि केहीबेर असहज अवस्था आए पनि निर्वाचन समितिले तत्कालै सहज परिस्थिति निर्माण गरेको छ ।
मतदान सकिएपछि मुचुल्का तयार पारेर सम्भवत: राति ८ बजेदेखि नै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
को–को छन् उम्मेदवार ?
आगामी नेतृत्वका लागि कृष्ण तिमल्सिना, योगकुमार फगामी र हिराधन राईबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तीनैजना उम्मेदवारले आफूले जित्ने दाबी गर्दै आएका छन् ।
उपाध्यक्षमा दीपक श्रेष्ठ, ललितकुमार न्यौपाने, राष्ट्रकुमार राई, दयानिधि सापकोटा, शेरबहादुर सुनार, सुशीला राई, पुनम गुरुङ, डा. दिलिपकुमार यादव, प्रेम गाहामगर, डा. प्रेमबहादुर आले र भोलानाथ खनालको उम्मेदवारी छ ।
महासचिवमा राजकुमार त्रिपाठी, फडिन्द्र भट्टराई, खुशीतावा लिम्बुबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
उपमहासचिवमा कृष्ण तिवारी र विनय अधिकारीको उम्मेदवारी छ ।
युवा संयोजकमा वीरेन्द्र श्रेष्ठ, राजन खकुरेल, कुमार थापा र लालबहादुर गुरुङ छन् ।
कोषाध्यक्षमा महेश गिरीस शालिकराम सापकोटार सचिन श्रेष्ठको उम्मेदवारी छ ।
सचिव पदका लागि नारायण गाउँले, तारानाथ भण्डारी, सुरज मास्के, सुनिलबाबु खड्का मैदानमा छन् ।
सहकोषाध्यक्षमा सुरज पौडेल र गजेन्द्र गुरुङ छन् ।
तीन जना आईसीसी सदस्यका लागि चिरन शर्मा, शान्ति थापा कुँवर, कुमारी गुरुङ, जयप्रकाश गुरुङ र अर्जुन कटुवाल छन् ।
सदस्यमा कोलेश्वर ढकाल, तिलक भट्टराई, गंगाबहादुर राना, अर्कराज तिमिल्सिना, जितबहादुर रानाभाट, पवन शर्मा, कमल कँडेल, विमला लिम्बु, मनिष खड्का, विष्णुप्रसाद खरेल, परशुराम पाण्डे, होमनाथ पौडेल, डेविद्र थापा, मुकेश राना र पवन राईको उम्मेदवारी छ ।
एनआरएन यूकेमा ३ हजार ६ सय ८१ जना मतदाता छन् ।










