सिंहदरबारसँग अधिकार माग्दै गयो सय दिन

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले सिंहदरबारसँग अधिकार माग्दामाग्दै सय दिन बितेको बताएका छन् ।

स्थानीय तहमा निर्वाचित भई मेयरको जिम्मेवारी सम्हालेको सय दिन पूरा भएको अवसरमा सोमबार जनप्रतिनिधिको भेलामा उनले यस्तो अनुभव पोखेका हुन् ।

प्रजातिले भने, ऐनकानुन र अधिकार माग्दामाग्दै थाक्ने अवस्था आइसक्यो ।