अल्डरसट प्रिन्सेस हलमा ‘कमलेको बिहे’ प्रदर्शन गरिने

लन्डन– नेपाली फिल्म ‘कमलेको बिहे’ आगामी सेप्टेम्बर ३ मा बेलायतको अल्डरसटमा प्रदर्शन गरिने भएको छ ।

नेप्लिज इन्टरटेन्मेन्ट, हेम गुरुङ, शशि गुरुङको आयोजनामा अल्डरसटस्थित प्रिन्सेस हलमा साँझ ४ बजेदेखि फिल्म प्रदर्शन गरिने युवा समाज सेबी अनिल मल्लले जानकारी दिए । फिल्म प्रदर्शनमा नायक अनुपविक्रम शाही पनि उपस्थित हुनेछन् । उनी ‘रेड कार्पेट लाइभ शो’ पनि गरिने आयोजकले जनाएको छ ।20597691_737273833146411_1798994376_o-768x380

आयोजकले फिल्मको टिकट लिएर आफ्नो सिट सुरक्षित गर्न पनि अपिल गरेको छ । कमेडी कथाको उक्त फिल्ममा कमलेको शीर्ष भूमिकामा अनुपविक्रम छन् भने सन्ध्या केसी चमेली बनेकी छन् नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै फिल्मको सार हो ।

अहिलेका युवायुवतीमा आफूखुसी जीवनसाथी रोज्ने क्रम बढिरहेका बेला परिवारबाट हुने अवरोधकै सेरोफेरोमा रहेर फिल्मको पटकथा बगेको बताइएको छ । फिल्मलाई विदुर पाण्डेले खिचेका हुन् भने महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको छ । फिल्ममा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तामाङ, कुलद्वीप अधिकारी र लिरण लाकौलको पनि भूमिका रहेको छ ।

सरिता मुभिज क्रिएसनको ब्यानरमा बनेको फिल्ममा सरिता लामाको लगानी छ भने राजनराज शिवाकोटी, शिखर सन्तोष र बाबुल गिरीको संगीत रहेको छ । सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको ‘कमलेको बिहे’ मा नृत्य निर्देशन दीपकमान सिंहले गरेका छन् ।