यस्तो भाँडामा खाँदा नपुंसक बन्छन् पुरुष

प्लास्टिक हाम्रो दैनिक जीवनको एउटा हिस्सा बनिसकेको छ। यसबाट टाढा रहन मुस्किल बनिरहेको छ। किनभने आजभोलि खाने, पिउने अधिकांश भाँडाकुँडा प्लास्टिककै प्रयोग हुने गरेको छ ।
त्यसैले प्लास्टिककै कपमा चिया र प्लास्टिककै भाँडामा खानो खाने चलन छ। खाना मात्र होइन, अधिकांश मिठाई पनि प्लास्टिकका डिब्बामै दिने चलन छ। तर, यो हाम्रो स्वास्थ्यका लागि कति हानिकारक छ त्यसको हामीले अन्दाजा पनि गरेका छैनौ ।
एउटा नयाँ शोधका अनुसार प्लास्टिकको कमा चिया पिउने र प्लास्टिकको भाँडामा खानेकुरा वा कुनै पनि तातो पदार्थ खाँदा बीपीए (बिस फिनाल ए) नामको रसायनिक तत्व निस्कने गर्दछ। जसले पुरुषलाई नपुंसक बनाउने गर्दछ ।
यो निष्कर्ष मुसामा गरिएको परीक्षणपछि निकालिएको हो । नपुंसकताका साथै यसले दिमागमा पनि प्रभाव पार्दछ । जसले गर्दा हृदयघातको खतरासमेत बढ्छ । यस्तै अध्ययनको निष्कर्ष अमेरिकाको अफसेट बुकमा पनि प्रकाशित भइसकेको छ। can-make-a-man-impotent can-make-a-man-impotent1 can-make-a-man-impotent3
क्यान्सर विशेषज्ञ डा. पवन गुप्ताका अनुसार प्लास्टिक जब तातो पदार्थको सम्पर्कमा आउँछ तब बिस फिनाल ए (बीपीए) का पग्लन थाल्छ । त्यसको सेवनबाट लिभर क्यान्सरजस्ता घातक रोग उत्पन्न हुने गर्दछ । यसका साथै पेटको अधिकांश समस्या यसैबाट उत्पन्न हुने गर्दछ । त्यसैले सावधानी अपनाएर यसबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ। एजेन्सी