काठमाडौं- डा.बाबराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन एउटै मितिमा गर्ने प्रस्ताव अघि सारेको छ ।
शुक्रबार सम्पन्न संघीय परिषद बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्ने निर्णय गरेको हो ।
नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्न यस अघि नै प्रस्ताव गर्दै
आएको थियो ।
पार्टीका संयोजक डा. भट्टराईले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गरे आफ्नो पार्टीले स्वागत गर्ने बताउनु भयो ।
पार्टीले संघीय समाजवादी फोरम, नेपालसँगको पार्टी एकीकरण भने तत्काल सम्भव नहुने निष्कर्ष पनि निकालेको छ ।
संघीय समाजवादी फोरम नेपालसँगको पार्टी एकीकरण तत्काल नगर्ने निष्कर्ष निकालिएको पनि संयोजक भट्टराईले बताउनु भयो । उहाँले दूई दलबीचको सहकार्य भने जारी रहने पनि स्पष्ट पार्नु भयो ।






