बेल्जियमका नेपाली काँग्रेस र एमालेका भातृ संगठनहरु एनआरएनएको चुनाबमा मिल्ने

बेल्जियम । आगामी १३ अगष्टमा हुन गईरहेको एनआरएनए बेल्जियमको अधिवेशन संगै सम्पन्न हुन गईरहेको निर्वाचनमा बेल्जियमका दुई ठुला नेपाली संगठनहरु नेपाली जनसम्पर्क समिति र प्रवासि नेपाली मञ्च बेल्जियम एक आपसमा सहमति गरेर जाने कुरा एक सम्युक्त बिज्ञप्ती प्रकाशित गरेर सार्बजनिक गरेका छन् ।

बिज्ञप्तिमा बेल्जियमका सबै संघ संस्था तथा ब्यक्ति बिशेषलाई समेत सहमति र सहकार्यको लागि ढोका खुल्ला राख्दै गैर आवासिय नेपाली संघ बेल्जियमको २०१७-२०१९ कार्यकालको लागि नेपाली समुदायलाई सकारात्मक सन्देश दिन सर्बसहमत समिति निर्माण गर्नको लागि आव्हान गर्ने र सहमत हुन नसकेमा दुबै संगठन एक भएर अगाडी बढ्ने पनि निर्णय भएको कुरा नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष सिता सापकोटा र प्रवासी नेपाली मञ्च बेल्जियमको अध्यक्ष बोधराज पौडेलले सम्युक्त बिज्ञप्ति प्रकाशित गरेका छन् ।

हेर्नुहोस जस्ताको तस्तै तल :-

सम्युक्त बिज्ञप्ती

आज मिती २४ जुलाई २०१७ मा जन सम्पर्क समिती बेल्जियम र प्रवासी नेपाली मञ्च बेल्जियमको सम्युक्त बैठक लुभेनको सन राईज कटेजमा बसी आगामी १३ अगष्ट २०१७ मा सम्पन्न हुन गैरहेको गैर आवासिय नेपाली संघ बेल्जियम र यस अन्तरगत सम्पन्न हुने निर्वाचनको सम्बन्धमा छलफल गरी आगामी एनआरएनए बेल्जियमको कार्यकाल २०१७-२०१९ लाई दुबै संगठनले सहकार्य गरी अगाडी बढ्ने र बेल्जियमका सबै संघ संस्था तथा ब्यक्ति बिशेषलाई समेत सहमति र सहकार्यको लागि ढोका खुल्ला राख्दै गैर आवासिय नेपाली संघ बेल्जियमको २०१७-२०१९ कार्यकालको लागि नेपाली समुदायलाई सकारात्मक सन्देश दिन सर्बसहमत समिति निर्माण गर्नको लागि आव्हान गर्ने र सर्बसहमत हुन नसके नेपाली जनसम्पर्क समिति बेल्जियम र प्रवासी नेपाली मञ्च बेल्जियम एक भएर अगाडी बढ्ने निर्णय गरिएको कुरा यस सम्युक्त बिज्ञप्ति मार्फत सबैमा जानकारी गराउदछौ ।

बोधराज पौडेल
अध्यक्ष
प्रवासी नेपाली मञ्च बेल्जियम

सिता सापकोटा
अध्यक्ष
नेपाली जनसम्पर्क समिती बेल्जियम