निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

काठमाडौं– सरकारले पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्की सदस्य रहेको आयोग गठन गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सदस्य सचिव भने बेगेन्द्र शर्मा पौडेललाई तोकिएको छ ।

मन्त्रिपरिषद बैठकले मुख्यसचिव सोमलाल सुवेदीले दिएको राजीनामा स्वीकृत गरेको छ । सुवेदीले राजीनामा दिएपछि सरकारले एक साताअघि नै राजेन्द्रकिशोर क्षत्रीलाई मुख्यसचिव नियुक्त गरेको थियो ।