राजपा र रविन्द्र मिश्रको साझा पार्टी दर्ता

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । पहिलो र दोस्रो चरणको स्थानीय चुनाव बहिस्कार गरेको राजपाले प्रदेश नम्बर २ को चुनाव अघि दल दर्ता प्रक्रिया थालेको थियो ।

आयोगको शनिबार बसेको बैठकले राजपा र रविन्द्र मिश्र नेतृतवको साझा पार्टीलाई दर्ता गर्ने निर्णय गरेको हो ।

राजपाले छाता चुनाव चिन्ह माग गरेको छ । तर, यसबारे भने कुनै निर्णय नभएको आयोगले जनाएको छ ।