धरान उपमहानगरपालिकामा एमाले विजयी

इनरुवा- स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा नेकपा ९एमाले० विजयी भएको हो ।

यससँगै दोसो चरणको चुनावमा एमालेले सुनसरीका १२ वटा स्थानीय तहमध्ये तीनवटामा जित हासिल गरेको छ । एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी हुनुभएको हो ।

प्रमुखमा निर्वाचित राईले २० हजार ९७५ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तिलक राई १६ हजार २०२ र नेकपा माओवादी केन्द्रका अइन्द्रविक्रम मेघाले ११ हजार १८० मत पाउनुभएको छ ।

त्यसैगरी, उपप्रमुखमा एमालेकी मन्जु भण्डारी सुवेदी २१ हजार २५६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसकी श्यामा रेग्मीले १४ हजार एकसय ९७ मत पाउनुभएको छ ।

धरान उपमहानगरका २० वटा वडामध्ये एमालेले १४ वटा वडा जितको छ भने पाँचवटा काँग्रेस र एकवटा माओवादी केन्द्रले जितेको छ ।

एमालेले वडा नम्बर ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० जितेको छ । त्यस्तै, काँग्रेसले वडा नं १, २, ५, १४ र १८ जितेको छ भने माओवादी केन्द्रले वडा नम्बर १७ जितेको छ ।