जहाँ मान्छेहरु नाङ्गिन जान्छन्

BestSpotsNaked_1-thumbसंसारको धेरैजसो ठाउँमा मानिसहरुलाई नग्न रुपमा सार्वजनिक हुन बन्देज गरिएको छ र त पश्चिमाहरु आफूले केहि पनि नलगाई हिँड्न पाउनुपर्छ भनेर आन्दोलनमा उत्रने गर्दछन् । तर यहाँ यस्ता स्थानको बारेमा जानकारी दिइँदैछ जहाँ मानिसहरुलाई लुगा लगाउन बन्देज गरिएको छ । थाहा पाऔँ नग्न हुनका लागि संसारका सर्वोत्कृष्ट स्थानहरुः
1१. केइसर– फ्रेडरिक–थर्म
विइसबडेन, जर्मनी
प्राचिन रोमन स्टिम बाथ सन् १९१३ मा बनाइएको थियो । यहाँको विशेषतामा थुप्रै सौना, स्टिम रुम, पुल, थर्मल बाथ, विभिन्न प्रकारको मसाज र स्पा ट्रिटमेन्ट पर्ने गर्दछ । स्वच्छताका कारण सौना गर्दा यहाँ स्विमसुट लगाउन रोक लगाइएको छ भने नुहाउँदा भने मानिसहरुले स्विमसुटको प्रयोग गर्न सक्छन् । तर यहाँ स्विमसुट लगाएर जाने मानिसहरु नग्न जर्मनहरुको अगाडि कागको बथानमा बकुल्ला साबित हुने गर्दछन् ।
hidden beach resort२. हिडन बिच रिसोर्टः
रिभिइरा माया, मेक्सिको
मेक्सिकोको युकाटान पेनिन्सुलाको पाँच तारे हिडन बिच रिसोर्ट नग्न हुन चाहनेहरुका लागि निकै आरामदायी ठाउँ मानिन्छ ।
2३. प्लेग डि टहिटी
सेन्ट ट्रोपेज, फ्रान्स
फ्रेन्च रिभेइरामा अवस्थित प्लेग डि टहिटीमा रहेको भू–मध्य पानी र सेतो बालुवाले यहाँको भू–भागलाई निकै रोमाञ्चित बनाएको छ त्यसकारण फ्रेन्च महिलाहरु यहाँ नग्न भएर हिँड्न रुचाउँछन् । यसका साथसाथै यो ठाउँलाई सेलिब्रिटीको हटस्पट पनि मानिन्छ । मिरान्डा केर, इभा ग्रीन र नावोमी क्याम्पबेललाई यो ठाउँमा धेरैपटक भेटिएको छ ।
2015-01-29-BestSpotsNaked_5-thumb४. बेयर नेससिटिज टुर एण्ड ट्राभल
इटाली, ग्रीस, मोन्टिनेग्रो, अल्बानिया, स्लोभेनिया र क्रोयटिया
धेरैजसो मानिसहरु आफ्नो बिदाको समयमा ठूला–ठूला सपिङ मलमा सपिङ गर्दै, फिल्म हेर्दै रमाइलो गर्न चाहन्छन् तर उनीहरुका अलावा यो संसारमा यस्ता मानिसहरु पनि छन् जो बेयर नेससिटिज टुर एण्ड ट्राभलमा रमाइलो गर्न चाहन्छन् । यो एउटा यस्तो ठाउँ हो जसमा निकै आरामदायी डुङ्गामा करिब ३,००० नग्न साथीहरुसँग रोमदेखि भेनिससम्म यात्रा गर्ने गर्दछन् ।
4५. भलाल्टा
रोभिन्ज, क्रोयटिया
यो क्याम्पसाइडले सन् २०१४ मा नेचुरिष्ट क्याम्पसाइट अफ द इयरको अवार्ड हात पार्न सफल भएको थियो भने सन् २०१५ को बेस्ट क्याम्पसाइट इन युरोपको अवार्ड प्राप्त गर्न सफल भएको थियो । सन् १९६० मा स्थापना भएको यो क्याम्पसाइडमा निकै राम्रा प्राइभेट बिच, वाटर साइड पुल पाइनुका साथै नग्न मानिसहरु यहाँ रमाइलो गरिरहेको पाउन सक्नुहुनेछ ।
स्रोतः हफिङ्टन पोष्ट