वासिंटन । अमेरिकाको न्यूयोर्कस्थित ब्रोन्क्स लेबनन अस्पतालमा चिकित्सकको भेषमा आएका हमलाकारीले अन्दाधुन्द गोली चलाउँदा ६ जना घाइते भएका छन् ।
न्यूयोर्क प्रहरीका कमिश्नरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार ती हमलाकारीले आफूलाई नै गोली हानेर आत्महत्या गरेका छन् ।
ती बन्दुकधारीको नाम हेनरी बेलो रहेको जनाइएको छ । अधिकारीहरुका अनुसार हमलामा घाइते हुनेमा तीन चिकित्सक छन् । एक हजार शैय्याको सो अस्पतालको १६ औं र १७ औं तलामा हमला भएको थियो ।






