खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा एमाले विजयी

खोटाङ- जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार शंकर राई विजयी भएका छन् । उनले २१५३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी कांग्रेसका खेमबहादुर खड्काले १५६२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी अरुणा राईले ११४७ मत ल्याएकी छन् । उपप्रमुखमा एमालेकै विमला राईले २०८६ मतले विजयी भएकी छन् । कांग्रेसकी अनिता राईले १४६६ र माओवादी केन्द्रका विरबल किरातीले १२४७ मत ल्याएका छन् ।