बेल्जियम,
पर्बत जिल्लाको कार्कीनेटामा करिब दुई करोड़ को लगानीमा सामाजिक भवन बनाईने भएको छ ।

उक्त भवन निर्माणकोलागि भौतिक पुर्बाधार समेत तयार भै सकेको उक्त परियोजनामा पर्बत समाज बेल्जियमले समेत सहयोग गर्ने भएकोछ। छिट्टै नै निर्माण कार्य सुरु गर्ने र उक्त योजनामा उपलब्ध स्थानिय श्रोत,साधन र नेपाल सरकार,स्थानिय सरकार सङ्घ समेत समन्वय गरि सामुहिक रुपमा अगाडि बढाउनकोलागि यो योजनाका प्रस्ताबक तथा यस समाजका पुर्ब उपाध्यक्ष तथा हालका सदस्य अमृत पौडेल लाइ सम्योजक तोकिएकोछ।बाहिर रहेका सम्पुर्ण नेपालिहरुलाइ यसकार्यमा सहयोग जुटाउनको र सन्योज्न गर्नको लागि रहनु भयको र उक्त योजनाको लागि निर्देसक समितिको चयन गरि छिटै नै कार्य योजना सुचारु गर्ने कर्यक्रम तर्जुमा भयकोछ।
उक्त योजना बाट
पर्बतकाकर्किनेटा,खौलालाकुरि,ठुलिपोखरि,आरथर्,डाडाखर्क,थापाथाना,सङ्खरपोखरि,भगारा,थानामौला,फलामखानि,लुङ्खुदेउरालि,र श्याङ्जा जिल्लाका बिचारिचौतारा,आरुचौर,पन्चमुल को साथै नौडाडा सम्म प्रत्यक्ष असर पर्नेछ। र उक्त स्थानमा कृषिको समेत सम्भाबना रहनुकोसाथै पुरात्वात्तिक सम्र्चना मद्धे बाघको ढुङ्गा,बाघको खोर,बाघ र गोठालाको पाइला,बाइसे चौबिसे राजाको दरबार,पौराणिक परिचय बोकेका कोट देउरालिहरु,अन्धाअन्धि,डहरे देउरालि,पन्चासेको साथै कुल मन्दिर,श्रीराम मन्दिर समेतको सम्रक्ष्यण र सम्बर्धनले आन्तरिक तथा बाह्य पर्यटनमा समेत बृद्धि भै हाल शिक्षा,स्वास्थ र रोजगारिको कारणले शहरमुखि भै गाउ खालि हुन गै उर्बरा शक्ति नै नष्ट हुने सम्भाबना बढ्दै जाने क्रम रोकिने र गाउमा हुने परम्परागत कार्यक्रमको लागि शहरमुखि समस्या र बालबालिका र बृद्धाहरुलाइ समेत समुचित सम्रक्ष्यण र सम्बर्धनमा टेवा पुर्याउने उद्देश्यका साथ अगाडि बढिएको र यो कार्य पुर्ण सामाजिक भएको कारण सबै सङ्घ सस्था तथा ब्याक्ति हरु सङ्ग सहयोगको अपेक्षा गरिएको छ।
करिब दुई करोड़ को लगानीमा सम्पन्न हुन गई रहेको उक्त योजनालाई सबै को सहयोगकोले समयमानै सम्पन्न गर्नको लागी सहयोग गर्न सम्पूर्ण संघ संस्था तथा समाजसेवी लाई पर्बत समाज बेल्जियमका अध्यक्ष झलक के,सि, ले अनुरोध गर्नु भएकोछ।






