खुमन आए,तिजमा कालो चस्मा र मुन्द्रामा चल्ती आयो भन्दै: [भिडियो सहित]

IMG_1273

लन्डन । नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक खुमन अधिकारी यस पटक भने हिन्दू महिलाहरुको महान पर्व तीज गीतमा ब्यस्त देखिएका छन् ।

गायक खुमनले “चल्ती आएको” बोलको पहिलो तीज गीत युटुब मार्फत सार्वजनिक गरेका छन ।

यस पटकको तीज गीत अली फरक भएको गायक खुमनले बताए ।

उक्त गीतमा सुमधुर आवाजका धनि गायक खुमन अधिकारी र शान्ता परीयारको आवाज रहेको छ भने कृष्ण बाबुले शब्द लेखेका छन् ।

राजेश घिमिरेको छायाँकन रहेको गीतको सम्पादन नबिन घर्ति मगरले गरेका छन् । म्युजिक भिडियोलाई शंकर बि .सि ले निर्देश्न गरेका हुन ।