बेलायतमा आमनिर्वाचनको मतदान सुरु

लन्डन- बेलायतमा बिहीबार आमनिर्वाचनको मतदान सुरु भएको छ ।

केही समययतादेखि बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो छ । त्यसैले यस निर्वाचनका विषयमा पनि सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न जन्मिएका थिए ।

तर बिहीबार हुने यस निर्वाचनका लागि मतदान सुरु भएको  छ । केही समयअघि देखि मतदान सुरु भएको र शान्तिपूर्ण रुपमा जारी रहेको छ ।

प्राप्त सो समाचारअनुसार निर्वाचन खुलेको छ र देशैभरि मतदान भइरहेको छ । सुरक्षा व्यवस्थालाई भने निकै नै कडा पारिएको पनि सो समाचारमा उल्लेख छ ।

निर्वाचनमा मुलत बेलायती प्रधानमन्त्री टेरेसा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनको बीचमा प्रतिश्पर्धा हुने देखिएको छ ।

यसै बीच बेलायतको संसदीय निर्वाचनमा पहिलोपटक नेपाली मुलका डा. बच्चु कैलाश कैनी पनि लेबोरका तर्फबाट डार्टफोर्ड क्षेत्रमा प्रतिष्पर्धा गरिरहेका छन् ।