लण्डन । बेलायती प्रधानमन्त्री टरिजा मेले मानव अधिकारसम्बन्धी जुनसुकै कानुन परिवर्तन गर्न आफू तयार रहेको बताएकी छन् ।
प्रहरी र सुरक्षा निकायलाई आतंकवादको खतरासँग प्रभावकारी ढंगले जुध्न अफ्ठ्यारो परेको भन्दै मानवअधिकार कानून नै परिवर्तन गर्ने उनले बताएकी हुन् ।
प्रधानमन्त्री पदमा फेरि निर्वाचित भए मानव अधिकारसम्बन्धी युरोपेली कानुनहरुभन्दा बाहिरका व्यवस्था पनि अंगाल्न उनी तयार रहेको संकेत सत्तारुढ कन्जरभेटिभ पार्टीका नेताहरुले नै गरेका हुन् ।
ब्रिटेनमा यही बिहीवार आमनिर्वाचन हुँदैछ । एउटा चुनावी अभियानसँग सम्बन्धित भाषणमा प्रधानमन्त्री मेले संदिग्ध आतंकवादीहरुको स्वतन्त्रतामाथि नियन्त्रण र त्यस्तालाई उनीहरुकै देश फिर्ता पठाउने व्यवस्थालाई आफूले सहज बनाउन चाहेको पनि बताइन् ।






