रेणुले मत घटाएर १२६७ मा झारिन्

काठमाडौं– भरतपुर महानगरपालिकामा मतगणनाको क्रम जारी रहँदा मेयरका प्रमुख दुई प्रत्यासी एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालको मतान्तर पनि बढ्ने र घट्ने क्रम जारी छ । १८ नम्बर वडाको मत घटेको छ ।

१८ नम्बर वडाको मतगणना सकिएपछि अब १९ नम्बरको हुँदैछ । यो वडामा केहीमात्रामा रेणु बलियो देखिएकी छन् । रेणुले मतान्तर कम गर्दै १२६७ मा झारेकी छन् । रेणुलाई औसतमा कांग्रेसबाट ५० प्रतिशत मत गएको देखिन्छ । ६० प्रतिशत मत ल्याउन नसके उनले देवीलाई पछि पार्न सक्ने छैनन् ।

अहिलेसम्म देवीले ३९३७३ मत प्राप्त गरेका छन् । रेणुको पक्षमा ३८१०६ मत खसेको छ ।