डा केसीको अनशन स्थगित

दाङ, १३ जेठ । दाङमा मेडिकल कलेज स्थापना गर्नेलगायतका माग राख्दै अनशन बस्नका लागि दाङको घोराही आइपुग्नुभएका डा गोविन्द केसीको अनशनस्थल फेरिएको छ ।

आफ्नो एघारौँ अनशन राप्ती उपक्षेत्रीय अस्पतालमा बस्न लाग्नुभएका डा केसी अब सिरडी साई मन्दिर घोराहीमा अनशन बस्नुहुनेछ ।

डा केसीको अनशनमा अवरोध गर्न आज बिहान सर्कुलर जारी गरेको अस्पताल प्रशासन अन्ततः आफ्नो योजनामा सफल भएको छ । आइसियुको अभाव देखाउँदै अनशन रोक्ने मागसहित आज बिहान प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेलाई गुहार्न पुगेको अस्पताल प्रशासनले शौचालयको समस्या देखाउँदै अस्पतालमा बस्ने भनिएको डा केसीको अनशनस्थल परिवर्तन गर्न सफल भएको छ ।