रेणुको पक्षमा खस्न थाल्यो भोट, तर देवीको १६०० को अग्रता

काठमाडौं– भरतपुर महानगरपालिकामा मतगणनाको क्रम जारी रहँदा मेयरका प्रमुख दुई प्रत्यासी एमालेका देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालको मतान्तर पनि बढ्ने र घट्ने क्रम जारी छ ।

अहिले वडा नम्बर १७ को मत गणना भइरहेको छ । यो वडामा ३ हजार ८७ मत खसेकोमा रेणु बलियो देखिएकी छन् । रेणुले मतान्तर कम गर्दै १६ सय ५७ मा झारेकी छन् । रेणुलाई औसतमा कांग्रेसबाट ५० प्रतिशत मत गएको देखिन्छ । ६० प्रतिशत मत ल्याउन नसके उनले देवीलाई पछि पार्न सक्ने छैनन् ।

अहिलेसम्म देवीले ३७११८ मत प्राप्त गरेका छन् । रेणुको पक्षमा ३५५१८ मत खसेको छ ।