काठमाडौं- काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।
एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ४१ हजार ११५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका राजुराज जोशीले २९ हजार २३० मत प्राप्त गर्नुभएको छ । यो जम्मा एक लाख २४ हजार ४५७ मत गणना हुँदाको परिणाम हो ।
त्यसैगरी, विवेकशील पार्टीका उम्मेदवार रञ्जु दर्शनाले १५ हजार १७२ मत प्राप्त गर्नुभएको छ भने साझा पार्टीका किशोर थापाले ११ हजार ४८५ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५३८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, उपप्रमुख पदमा काँग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३७ हजार ७२३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले २२ हजार ४५६ मत प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले सात हजार ८६ र साझा पार्टीका निरुपमा यादवले सात हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।






