फोहोरबाट पैसा, दैनिक ५० हजार बढि आम्दानी

काठमाडौं – परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा फोहोर ब्यवस्थापन गर्ने उपकरण भित्रिएको छ ।
योसंगै संक्रमित फोहोरबाट अस्पतालले नियमित आम्दानी समेत गर्न थालेको छ ।

उपकरणबाट अस्पतालले दैीनक २ सय किलो फोहोर ब्यवस्थापन गर्दै आएको छ ।

यसबाट दिनमै ५० हजार रुपैयाँ बढि आम्दानी भईरहेको अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए ।