एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक द्वन्द्व र मुडभेडमा गएको प्रतिकृया दिनुभएको छ । संविधानसभा बैठकपछि अध्यक्ष प्रचण्डले आफूहरु प्रकृयामा सहभागि नहुने भन्दै अब मुलुकमा हुने द्धन्द्ध र मुडभेटको जिम्मा कांग्रेस,एमाले र संविधानसभाका अध्यक्षले लिनुपर्ने बताउनुभयो । उहाँले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टी प्रवक्ताको काम गरेको आरोप लगाउनुभयो । उहाँले मुडभेट निम्त्याउनमा संविधानसभाका अध्यक्षको भूमिका रहेको भन्दै उहाँको कृयाकलाप आपत्तिजनक रहेको बताउनुयो । प्रस्ताव समिति गठन भएपछि पछिल्लो रणनीति तय गर्न एकीकृत माओवादी नेतृत्व मोर्चाको बैठक सिंहदरबारमा बसिरहेको छ ।
यसैबीच प्रधानमन्त्री सुशील कोईरालाले समिति गठनलाई हारजितको रुपमा नलिन आग्रह गर्नुभयो । उहाँले मुलुक सहमति र सहकार्यबाटै अगाडी बढ्ने भन्दै एकीकृत माओवादी सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले प्रकृयामात्रै सुरु भएको भन्दै सहमतिका लागि अझै समय बाँकी रहेको बताउनुभयो । उहाँले संविधानसभाबाट बाहिर नजाने विश्वास व्यक्त गर्दै सहमतिका लागि आफूहरु तयार रहेको बताउनुभयो ।
देश मुठभेडतिर गयो : प्रचण्ड






