नेपालका चर्चित डान्स तथा भिडियो निर्देशक शिव बि.क. बेल्जियममा

ब्रुज । नेपालको म्युजिक भिडियोमा जमेका चर्चित तथा पुराना भिडियो निर्देशक शिब बिक अहिले बेल्जियममा हुनुहुन्छ । नेपाली म्युजिक भिडियो बनाउने सिलसिलामा उहाँ युरोपको भ्रमणमा आउनु भएको उहाँले बताउनु भएको छ ।

उहाँले २०५२ सालदेखी निरन्तर २०७३ सम्म ४ हजार भन्दाबढि भिडियोमा निर्देशन गरिसक्नु भएको छ । कलाकारहरुमा नयाँ देखी पुराना सम्म, कलिउड देखि बलिउड सम्मकोलाई भिडियोमा उतारिसक्नु भएको छ । चर्चित लोकदोहोरी गीतहरु ‘माझीदाई पोखरा’, ‘बनको काफल’, ‘बनमा काँडा छ’, ‘एउटा चिट्ठी लेख्न मन ला’छ’, ‘हङकङ्ग आईडिले’ , ‘घरमा पराल’ लगायतका हिट गीतहरुमा निर्देशन गर्नुभएको छ ।

लोकदोहोरी गीतहरुमा नेपालका चर्चित कलाकारहरु राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, धिरेन शाक्य हुदै भारतिय कमेडी नाईटका कृष्ण लाई समेत नचाएका छन् ।
साथै उहाँले पछिल्लो समयमा आफैले म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । साथै केही नेपाली गीतहरु पनि गाउनु भएको छ । भरतिय गायिका संजिवनी संग आधुनिक गीत ‘जनम् जनम् हाम्रो मायाँ’ भन्ने गीत गाउनुभएको छ भने दोहोरी गीतमा देवी घर्ती संग ‘पिरतीको डोरी’ भन्ने गीत गाउनुको साथै मोडलिङ पनि गर्नुभएको छ ।