गोल्डेन सिपमा चर्चित गायिका गीता पाइजा र लालीको धमाका मे ५ मा [भिडियो सहित]

18254171_1830000777320634_85291609_nलन्डन- आगामी ५ मे शुक्रबार दोहोरी धमाका साँझ हुने भएको छ । गोल्डेन सिप रेस्टुरेन्ट ले नयाँवर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायिका गीता पाइजा र लाली बुढाथोकी र स्थानीय गायिका सुजाता काफ्लेले मनोरञ्जन दिने भएका छन् ।18217855_1829999407320771_42022427_n

कार्यक्रममा साउण्ड सिस्टम हेर्ने जिम्मा बिसाल लामा लाई दिइएको छ। साँझ ६ बजे बाट मध्य रात सम्म हुने कार्यक्रममा लण्डनका विभिन्न ठाउँबाट धेरैको संख्यामा उपस्थिति रहने गोल्डेन सिपका संचालक देव गुरुङ को विश्वास छ । टेबुल बुक गरि दिनुहुन पनि आयोजकको अनुरोध छ । नेपाली खाना को राम्रो सेट मेनु बनेको छ, कार्यक्रममा उपस्थित भएर पूर्ण मनोरन्जन लिन तथा नयाँ वर्षको शुभकामना एक आपसमा साटासाट गर्न आयोजक मोना युकेका बिल पुर्जा ०७७३८५२४८४६ रत्न साही ०७९१२२१७५२६ तेज राम्जाली ०७८६३९९१५५९ सहित को अनुरोध रहेको छ ।

यसै बीच गोल्डेन सिपमा गत साता मात्र राजु ढकाल, जानकी तारामी मगर र डान्सर रश्मी तामाङ र स्थानीय गायिका सुजाता काफ्ले सहित को एक भब्य कार्यक्रम सम्पन्न भएको थियो, यसरि नै दोहोरि लाइ मायागर्ने धरै माग रहेमा अब प्रतेक सुक्रबार साझ गोल्डेन सिप दोहरी साझ राखिने संचालक देव गुरुङ ले लण्डन नेपाल न्यूज संग को टेलिफोन कुराकानी मा बताए।