मध्यरातमा सेनाको बैठक, सुरक्षा सतर्कता अपनाउने निर्णय

काठमाडौं– प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने निर्णयलगत्तै नेपाली सेनाले मध्यरातमा बैठक बोलायो । बैठकले उत्पन्न चुनौतीलाई ख्याल गर्दै नेपाली सेनाले सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।

देशमा विकसित पछिल्लो घटनाक्रमको समीक्षा गर्न आइतबार राति बसेको सेनाको पीएसओ बैठकले सुरक्षा सर्तकता अपनाउने निर्णय गरेको हो ।

बैठकपछि सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा महाअभियोग शब्द उल्लेख नगरी ‘देशमा हाल विकसित घटनाक्रम’ को समीक्षा भएको बताइएको छ ।