काठमाडौं, चैत ९ । राष्ट्रिय पुनर्निर्माण प्राधीकरणको संरचना र कार्यशैलीप्रति कार्यकारी अधिकृत सीईओले नै गुनासो गरेका छन् ।
सीईओ डा. गोविन्दराज पोखरेलले प्राधीकरणलाई यही अवस्थामा राख्ने हो भने भंग गरिदिए हुने भन्दै असन्तुष्टी व्यक्त गरेका हुन् ।
संसदको विकास समितिको बैठकमा उनले प्राधीकरणको हैसियत राष्ट्रिय योजना आयोगको पूर्वाधार महाशाखा जत्ति पनि नरहेको भन्दै अहिलेकै ढंगबाट कुनै काम हुन नसक्ने बताएका हुन् ।
प्राधीकरणमा जनशक्ति अभाव, योग्य मानिसको कमी रहेको भन्दै उनले दाताहरुले दिएको रकम निश्चित जिल्ला र गाउँ तोक्नुका साथै खर्च गर्ने क्षेत्रसमेत तोकेर आउने गरेको जानकारी दिए ।
पुनर्निर्माण प्राधीकरणको कार्यविधि र नियमावली पनि झन्झटिलो भएको उनको भनाइ छ ।






