लन्डन । अनिश पाण्डेको मनसंग मन बोल गितको म्युजिक भिडियो बजारमा आएको छ। साउथ लन्डन स्थित गोर्खा क्लबको सभा हलमा नेपाली गायन क्षेत्रकी चर्चित गायिका मिरा राणा र गाएक अनिश पाण्डेले बिहीवार साझ एक कार्यक्रम का बिच संयुक्त रुपमा भिडियो बिमोचन गरेका थिए ।
मनसंग मन जोडिएपछि छुट्ने कुरै हुदैन , तिमी बिना मेरो जीवनको लक्ष्य पुरै हुदैन l अर्जुन पोख्रेलको शब्द अनि संगीतले
भरिएको यस दृश्य गितमा अनिश पाण्डेले आवाज दिएका छन् भने छायांकन कुशल श्रेष्ठ र दिपेन्द्र थपलियाको हो। सुमन अधिकारीले निर्देशन गरेको म्युजिक भिडियो लाई नेपाल र लन्डन दुवै स्थानबाट छायांकन गरिएको छ ।






