गुल्मीमा क्यानडाको मेडिकल प्रोजेक्ट

नेपालको लुम्बिनी अंचल अन्तर्गत पर्ने गुल्मी जिल्ला प्राकृतिक सम्पदाले भरिपुर्ण र नेपालकै इतिहासमा  पहिलो कफी खेतीको सुरुवात हुने ठाउँ भनेर चिनिने आँपचौर आफ्नु चिनारी र सेवा बडाउदै लैजाने क्रममा अर्को एउटा उदाराणीय कार्य गुल्मी आँपचौर गाविसले दात तथा मुख स्वास्थ्य सेवाको  सुरुवात समेत उक्त गाविसले  गरेको छ।
नेपाल स्तिथ डा. रोशन खरेल, आपचौर विकास मंचका अध्यक्ष जिबन खरेल र क्यानाडा स्तिथ बसोबास गर्दै आउनुभएका भुवन खरेल लगयत उहाका साथीहरु  रिचर्ड ,लुएला ,डा हेलन ,ड़ा केरोन , रोमन लगायत अन्य साथीहरुको संयुक्त पहलमा सहकार्य गर्दै गुल्मीमा स्थाई डेन्टल हेल्थ क्लिनिक आँपचौर  विकास मंचको सहकार्यमा संचालन भएको थियो शोही कार्यक्रमको र नेपालमा स्थापित मेडिकलको बारेमा क्यानाडामा आज  तस्बिर र भीडीयो को साथमा प्रिजेनटेसन् भब्य रुपमा सम्पन्न भएको थियो।
उक्त  कार्यक्रममा भुवन खरेलले आफ्नो मन्तब्य र विचार राख्दै आफ्नु योजना समेत उपस्थित सबै माझ रक्नुभ्यको थियो आफ्नु गाउलाई नमुना गाऊ बनाउने जसमा पहिलो पटक हेल्थ क्लिनिक बाट सुरु गरि भबिस्यमा ठुलो हस्पिटलमा रुपान्तरण गर्ने अनि अन्तरास्ट्रिय ईनजिनीयरहरुको शमुह संग सहकार्य गर्दै आँपचौरलाई  प्लानिंग गरि  साथमा शिक्षा  ,स्वास्थ्यको विकास गर्दै गाउलाई मोडेल गाउमा परिणत गर्ने जसका लागि विभिन्न क्षेत्रबात दात्रिहरुको शहयोगको अपिल समेत उहाले गर्नुभयको थियो।
उक्त कार्यक्रममा क्यानाडामा जन्मेर पनि नेपाललाई अतिनै  माया गर्ने  रिचर्डले आफ्नु मन्तब्य राख्दै नेपालीपन र नेपालीको सब्यता र आदरबाट प्रभावित भयको र आँपचौरमा बिकासको लागि हरेक क्षेत्रबाट आँपचौरविकास मंच प्रोजेक्टमा सहकार्य र शाहयोगका हातहरु बडाउने  अनुरोधलाई उपस्थित शमुहले जोडदार तालीले समर्थन गर्दै अन्त्यमा च्यापान शहित कार्यक्रमको बिसर्जन भएको थियो ।
रबिन्द्र फुयाल