काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताएका छन् ।
पेरिस डाडाँस्थित नेकपा (माओवादी केन्द्र) को कार्यालयमा आज २२ औँ जनयुद्ध दिवसका अवसरमा आयोजना गरिएको सभामा प्रधानमन्त्री दाहालले भने, ‘जनआन्दोलनबाट प्राप्त उपलब्धि कुनै हालतमा पनि गुम्न दिइने छैन, जरुरी पर्यो भने अर्को बलिदानी गर्न पनि तयार हुनुपर्छ ।’
दलका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले जनआन्दोलबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीनवटै निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिँदै निर्वाचन हुन नसके मुलुकमा सङ्कट आइपर्ने बताए ।






