मलेसियाली पक्राउ : सुटकेसमा विभिन्न देशका पैसा

काठमाडौं – विभिन्न देशको मुद्रा सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा मलेसियाली नागरिक केसमिन्दर हिंगे मिलकित सिंह शुक्रबाार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

मलेसियन एयर बाट मलेसिया जान लागेका सिंहले सुटकेसमा ६ हजार ७ सय अमेरिकी डलर, १ हजार ९ सय पाउण्ड, २ हजार ८ सय सिंगापुर डलर, ५ सय अष्ट्रेलियन डलर, ९ हजार ७ सय ५५ दिराम, ७३ हजार ५ सय भारु, ३० हजार ४ सय ९० मलेसियन रिंगेट र ४७ हजार नेपाली रुपैयाँ लुकाएर लैजान लागेका सिंह विमानस्थलबाट पक्राउ परेका हुन् ।

उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।