काठमाडौ–नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने भन्ने विषयमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री बिमलेन्द्र निधीबीच बिवाद हुँदा आजको मन्त्रिपरिषद बैठक नै प्रभावित भएको छ ।
यहि बिबादका कारण आज बस्ने मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीले मुख्यसचिवमार्फत स्थगित भएको मन्त्रीहरुलाई जनकारी दिएका छन् ।
फागुन ३ गतेबाट अवकास पाउन लागेका आइजीपी उपेन्द्रकान्त अर्यालको ठाउँमा कसलाई नियुक्त गर्ने भन्नेमा गृहमन्त्री निधी र प्रधानमन्त्री पुष्पकमल दाहाल एकमत भएपनि सत्तासाझेदार दल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले भनेको मानिसलाई आइजीपी बनाउनुपर्ने अडान नछाडेपछि क्याविनेट बैठक नै स्थगित गर्नुपरेको प्रधानमन्त्री कार्यलय श्रोतले जनाएको छ ।
प्रधानमन्त्री र गृहमन्त्री विमलेन्द्र निधी बरियताक्रममा एक नम्बरमा रहेका नवराज सिलवाललाई आइजीपी बनाउने पक्षमा छन तर कांग्रेस सभापति देउवाले बरियता क्रममा तीन नम्बरमा रहेका जयबहादुर चन्दलाई आइजीपी बनाउनुपर्ने अडानमा छन् ।






