काठमाडौं– डन दीपक मनांगे राप्रपाको मनाङ अध्यक्ष भएका छन् ।
बुधबार काठमाडौंको नयाँबजारमा भएको राप्रपा मनाङको जिल्ला अधिवेशनमा मनांगे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएको राप्रपा प्रवक्ता श्रेष्ठले जानकारी दिए । मनांगे चार सय युवासहित एक महिनाअघि राप्रपा प्रवेश गरेका थिए ।
हिमाली जिल्ला मनाङमा चिसोका कारण अधिवेशन हुन नसकेकाले काठमाडौंमै गरिएको हो ।
प्रवक्ता राजाराम श्रेष्ठले कानुनले मनांगेलाई कुनै सजाय नतोकेको भन्दै असल नागरिक भएर जसले पनि राजनीति गर्न पाउने बताए । विशेष अदालतमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ ।






