महानगरपालिकाले प्राधिकरणलाई ८६ करोड तिर्न बाँकी, कुलमानले बिल भुक्तानीको पत्र पठाए

काठमाडौं – सडक बत्ती बालेबापत काठमाडौं महानगरपालिकाले विद्युत् प्राधिकरणलाई ८६ करोड रुपैयाँ पुरानो बक्यौता तिर्न बाँकी रहेको छ ।

यो रकम कहिलेदेखिको हो भनेर महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले फाइल पल्टाउन थालेका छन् ।

प्राधिकरणमा कुलमान घिसिङ आएपछि उनले महानगरपालिकामा बिल भुक्तानीका लागि पत्र पठाएपछि यो रहस्य खुलेको हो ।

सडक बत्ती बालेकै बिजुली बक्यौता ८६ करोड रुपैयाँको बिल महानगरपालिकामा पुगेपछि कार्मचारी आश्चर्यचकित परेका छन् ।